गण्डकी प्रदेशमा ५ वर्षभित्र १२ खर्ब लगानी हुने, सरकारले छान्यो महत्त्वपूर्ण कार्यक्रम
पोखरा । गण्डकी प्रदेशभित्र ५ वर्षमा झन्डै १२ खर्ब लगानी हुने प्रक्षेपण गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै ११ खर्व ९२ अर्ब लगानी हुने प्रक्षेपण गरेको हो । सबैभन्दा ठुलो हिस्सा निजी क्षेत्रको हुने अनुमान छ ।
निजी क्षेत्रबाट ५७ प्रतिशत अर्थात् ६ खर्ब ७५ अर्ब लगानी हुने प्रक्षेपण गरिएको उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जानकारी दिए । उनका अनुसार सार्वजनिक क्षेत्रबाट ३७ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब र सहकारीबाट ६ प्रतिशत अर्थात् ७२ अर्ब १५ करोड लगानी हुने अनुमान गरिएको छ ।
आउँदो ५ वर्षका लागि सरकारले योजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । गण्डकीमा २०७५-०७६ देखि पञ्चवर्षीय योजना कार्यान्वयनमा छ । पहिलो योजना यसै वर्ष सकिँदै छ । आगामी आर्थिक वर्षदेखि नयाँ पञ्चवर्षीय योजना लागू हुनेछ । सरकारले आगामी ५ वर्षमा गण्डकी प्रदेशको आर्थिक बृद्धीदर ८ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ भने प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने बताएको छ । हाल यहाँको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । पहिलो पञ्चवर्षीय योजनाको प्रक्षेपण र लक्ष्य भने आधा पनि पूरा भएको छैन ।
आगामी योजना कार्यान्वयनयोग्य बनाइएको देवकोटाको भनाई छ । यस्तै, आव २०८५-०८६ सम्म प्राथमिक क्षेत्रको अनुपात २३, द्वितीय क्षेत्रको अनुपात २४ र तृतीय क्षेत्रको अनुपात ५३ पुर्याउने लक्ष्य छ । लक्ष्य प्राप्तिका लागि ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्र पहिचान गरिएको छ ।
सरकारले क्यान्सर, मुटु रोग तथा मिर्गौला रोग सम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण, एकीकृत प्रदेश तथ्याङ्क प्रणाली विकास, विश्वविद्यालय, विद्यालय तथा समुदाय साझेदारी, प्रविधि तथा नवप्रवर्तनशील शैक्षिक केन्द्र विकास, प्रमुख टारमा कृषि तथा सिँचाइ विकास, नदीमा जलाशय निर्माण, लिगलिगकोट विकास आयोजनालाई अघि बढाउने भएको छ ।
प्रदेश सरकारको आफ्नै लगानीमा कार्यान्वयन गर्न १५ वटा महत्त्वपूर्ण योजना अघि सारिएको छ । प्रदेशको लाइफलाइन रहेको कोरला–त्रिवेणी सडक विकास आयोजनासँगै दरौंदी–चेपे करिडोरमा कृषि तथा पशुपन्छीजन्य उत्पादन र औद्योगिक विकास आयोजना सञ्चालन गर्ने, लोकाहाखोला औद्योगिक क्षेत्रमा पूर्वाधार विकास गर्ने प्रस्ताव छ ।
सरकारले क्यान्सर, मुटु रोग तथा मिर्गौला रोग सम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण, एकीकृत प्रदेश तथ्याङ्क प्रणाली विकास, विश्वविद्यालय, विद्यालय तथा समुदाय साझेदारी, प्रविधि तथा नवप्रवर्तनशील शैक्षिक केन्द्र विकास, प्रमुख टारमा कृषि तथा सिँचाइ विकास, नदीमा जलाशय निर्माण, लिगलिगकोट विकास आयोजनालाई अघि बढाउने भएको छ । यस्तै, स्याउ तथा नयाँ कृषि बाली विशेष कार्यक्रम, नासों अर्ग्यानिक कृषि विकास आयोजना, अन्तर्राष्ट्रिय योग तथा ध्यान केन्द्र निर्माण, हिमाली तथा उच्च पहाडी ताल संरक्षण विकास र मनकामना–गोरखा बारपाक–भच्चेक–दूधपोखरी लिंकमार्ग निर्माणलाई प्राथमिकता दिइएको छ ।
प्रदेश र पालिकाको साझेदारीमा थप १९ कार्यक्रम अघि सारिएको छ भने प्रदेश र सङ्घको साझेदारीमा कार्यान्वयन हुने गरी १७ वटा कार्यक्रम छन् । वैदेशिक सहयोगमा ९, सार्वजनिक निजी साझेदारी कार्यक्रममा ६, निजी क्षेत्रको लगानीमा ६ वटा आयोजना अघि बढाइने छ । पोखराको राउन्ड फेवा तथा भ्यू फेवा, जलाशय तथा कृत्रिम ताल निर्माण, कृषि तथा पशुपन्छी उत्पादन, विविधीकरण, औद्योगिकीकरण र बजारीकरण, लिड विद्यालय विकास तथा विस्तार, त्रिवेणी गजेन्द्र मोक्षधाम बृहत्तर पर्यटकीय क्षेत्र विकास, एकीकृत बस्ती विकास तथा सम्पदा संरक्षण, ढोरपाटन क्षेत्र एकीकृत विकास, चुमनुब्री एकीकृत विकास आयोजना पालिकासँगको साझेदारीमा अघि बढाइने छ । राइनासकोट, हनुमतधाम विकास, फोहोरमैला प्रशोधन तथा स्यानिटरी ल्यान्डफिल साइट निर्माण, प्राविधिक शिक्षा, पर्यटन पूर्वाधार, नमुना बस्ती विकास, जग्गा संरक्षण, नवप्रवर्तन, प्रदेशस्तरीय बसपार्क निर्माण र भीमसेन पार्क तथा संग्राहलय निर्माण पनि पालिकासँग मिलेर कार्यान्वयन गरिने देवकोटाले बताए ।
दरौंदी, चेपे, मर्स्याङ्दी, सेती–मादी, काली र आँधीखोलाको नदी तटीय क्षेत्रमा एकीकृत विकास आयोजना सञ्चालन, धौवादी फलाम उत्खनन तथा प्रशोधन, निर्यातयोग्य बस्तुको उत्पादन तथा प्रवर्द्धन, पालुङटार, कलेस्ती उपत्यका, भोर्लेटार, लेखनाथ र बलेवामा सहरी विकास, व्यास क्षेत्र विकास, अजिरकोट–सिरानडाँडा–नायवपोखरी एकीकृत विकास, व्यावसायिक कृषि तथा पशु विकास, पुंडीटार औद्योगिक क्षेत्र, उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना, कालीगण्डकी सभ्यता संग्रहालय निर्माण, पोखरा चक्रपथ निर्माण संघ सरकारसँगको साझेदारीमा सञ्चालन हुनेछ । यस्तै, मोदीवेनी धाम, टोड्के पर्यटकीय स्थल, चापाकोट रामडाँडा पर्यटन, लोमान्थाङ सम्पदा क्षेत्र विकास तथा कार्वन व्यापार आयोजनामा सङ्घको लगानी खोजिएको छ ।
साहसिक पर्यटन पूर्वाधार, विरेठाँटी–मुक्तिनाथ केबलकार, बागलुङ बजारदेखि भैरवस्थान केबलकार, पोखरा–पुम्दीकोट केबलकार, दुलेगौंडा–ढोरबाराही केबलकार तथा पोखरा महाप्रभुधाम पर्यटन प्रवर्द्धन आयोजनामा सरकारले निजी क्षेत्रको साथ खोजेको छ ।
वैदेशिक सहयोगमा टनेल र नयाँ प्रविधिमा आधारित द्रुत सडक निर्माण, विशिष्टीकृत प्रदेश अस्पताल, पदमार्ग विस्तार तथा सञ्चालन, प्राविधिक शिक्षा विस्तार, स्याटलाइट सहर निर्माण, जलवायु मैत्री नमुना बस्ती विकास, पोखरा लेक टु लेक तथा केभ टु केभ साइकल मार्ग निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, माछापुच्छ्रे ट्रेल तथा अन्नपूर्ण आधार शिविर पदमार्ग विकासको काम गरिने आयोगले जनाएको छ ।
सार्वजनिक निजी साझेदारीमा आइसिटी इनोभेसन, कृषि, वन र जडीबुटीजन्य उत्पादन तथा प्रशोधन, साहसिक पर्यटन पूर्वाधार तथा सुविधा विकास, सुविधा सम्पन्न बस टर्मिनल तथा भेहिकल सर्भिसिङ केन्द्र निर्माण, बाख्रा तथा भेडा मूल्य शृङ्खला विकास र माइस पर्यटन तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र र प्लानेटोरियम आयोजनामा काम गर्ने भएको छ । साहसिक पर्यटन पूर्वाधार, विरेठाँटी–मुक्तिनाथ केबलकार, बागलुङ बजारदेखि भैरवस्थान केबलकार, पोखरा–पुम्दीकोट केबलकार, दुलेगौंडा–ढोरबाराही केबलकार तथा पोखरा महाप्रभुधाम पर्यटन प्रवर्द्धन आयोजनामा सरकारले निजी क्षेत्रको साथ खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
-
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय