६ गोलको थ्रिलरमा रियल–सिटी बराबर
![६ गोलको थ्रिलरमा रियल–सिटी बराबर](https://npcdn.ratopati.com/media/news/real_Ej5mz61r8C.jpg)
मड्रिड । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटी र रियल मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् । मंगलबार राति सम्पन्न दुई टोलीबिचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।
स्यान्टियागो बर्नेबाउमा खेलिएको खेलको दोस्रो मिनेटमा नै सिटीले अग्रता लिएको थियो । बर्नार्डो सिल्भाले टोलीलाई अग्रता दिलाएका थिए । तर, १२ औँ मिनेटमा रुबेन डियासले आत्मघाती गोल गरेपछि रियल खेलमा फर्कियो । २ मिनेटपछि भिनिसियस जुनियरले रोड्रिगोका लागि गोल गर्ने अवसर सिर्जना गर्दै रियललाई अग्रता दिलाए ।
दोस्रो हाफको ६६ औँ मिनेटमा फिल फोेडेनले सिटीका लागि बराबरी गोल गरे । ५ मिनेटपछि जोस्को ग्भार्डिओलले सिटीलाई ३–२ को अग्रता दिलाए । यो अग्रता पनि लामो समय टिक्न सकेन । ७९ औँ मिनेटमा भिनिसियसको पासमा फेडेरिको भालभर्डेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि भने कुनै गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । अब दोस्रो लेग सिटीको घरेलु मैदानमा १७ अप्रिलमा हुनेछ । गत सिजन इतिहाद स्टेडियममा सिटीले रियललाई ४–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता