गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
मङ्गलबार, २७ चैत २०८०, २२ : ३९

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।
कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’
-
पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला
-
विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहलको लागी सभामुखलाई ध्यानाकर्षण
-
सिंगापुरमा निर्वाचनको मिति घोषणा