अन्तिम समयमा रुपेशलाई पछि पार्दै सुधिरले जिते बुद्धिचाल उपाधि
![अन्तिम समयमा रुपेशलाई पछि पार्दै सुधिरले जिते बुद्धिचाल उपाधि](https://npcdn.ratopati.com/media/news/chess_ciqO6BrMYr.jpg)
काठमाडौँ । कर्णेल उजिरसिंह थापाको स्मृतिमा आयोजित पाँच दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका बेलबास-१३ मा सम्पन्न क्लासिकल चेस खेलमा आठ अंक जोड्दै भारतीय १९६८ रेटेड सुधिरकुमार सिन्हा पहिलो भएका छन् ।
सुधिरले अपराजित रहँदै आकर्षक ट्रफीसहित नगद दुई लाख रुपैयाँ हात पारेका छन् । मेयर कप अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल दोस्रो स्थानमा चित्त बुझाउन भए ।
रुपेशले आठ अंकमै रहेर पनि अपराजित रहँदै नगद एक लाख १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । डाइरेक्ट इन्काउण्टर प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले नेपाली खेलाडीहरुकै नतिजाबाट प्रभावित हुनु पर्यो ।
सुधिरसँग दोस्रो वोर्डमा खेलिरहेका कृष्ण थापाले बराबरी खेलेमात्र पनि रुपेशले उपाधि जित्ने पक्का थियो । उक्त खेलमा कृष्ण थापाले कालो गोटीबाट सिसिलियन डिफेन्स क्लोज भारियसनबाट सुधिरलाई जवाफ दिएका थिए ।
दशौँ चालमा अनुभवी कृष्ण पाउन आइसोलेट हुन पुगे । २९औँ चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरीमा देखिन्थ्यो । तर ३३औँ चालमा आएर कृष्णले आर सी सेभेन चाल्न पुगे । जसको तुरुन्त फाइदा लिँदै सुधिरले बिसप डी फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजिय आत्मसाथ गर्नु पर्यो ।
उता तेस्रो वोर्ड सजिन महर्जन र सुरज महर्जनबिच चलिरहेको थियो । सजिनले जिते रुपेशको पहलो हुने आश थियो । सेतो गोटिबाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स र नाइट सी सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो ।
सजिनले २१औँ चालमा प्रोटेक्सनमा रहेको इफो पाउन ई फाइभमा सित्तै बलिदान दिए । त्यसपछि बराबरी नै देखिएको खेलको २३औँ चालमा उनले परित्याग गरे । उनले आफूले खेल जितेको भए तेस्रो हुने थिए । तर, भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेस्रो स्थानमा रहँदै ६० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए ।
प्रतियोगितामा नेपालका तिर्थ बिकले चौथो हुँदै ४० हजार र भारतका रिशव निशादले पाँचौँ हुँदै ३० हजार पुरस्कार जितेका छन् । छैटौँदेखि दशौँ स्थानसम्मका राघव श्रीवास्तव, कृष्ण थापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषीले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म
-
तस्बिरमा हेर्नुहोस् ढलले ढाकिएको 'माइतीघर सडक'
-
ब्राजिलका विद्यालयमा लागू भयो स्मार्टफोनमा प्रतिबन्ध
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)