इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

जकार्ता । इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयअनुसार अपरान्ह ४ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का देशको अधिकांश भाग र छिमेकी मुलुकसमेतमा महसुस गरिएको जनाइएको छ ।
इन्डोनेसियाको राष्ट्रिय मौसम पूर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ । प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।
प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन ।
‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै