बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

आम विद्यार्थी मोर्चाको अध्यक्षमा साह दोहोरिए

मङ्गलबार, २७ चैत २०८०, २० : ०९
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम विद्यार्थी मोर्चाको गत चैत २४ गते बसेको राष्ट्रिय भेलाले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । मोर्चाको अध्यक्षमा विवेक साह दोहोरिएका हुन् ।

भेलाले विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । मोर्चाका अध्यक्ष विवेक साहका अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार, सह-इन्चार्जमा प्रशान्त तिमल्सिना,  उपाध्यक्षहरूमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो र महासचिवमा प्रदीप साह रहेका छन् ।

यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह, विकास झा, विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।

मोर्चाको सदस्यहरूमा अरुण तामाङ, सञ्जय चौरसिया, विशेष गुप्ता,सरोज पटेल,पदम लामा,गोपी यादव, विक्की यादव,उमेश पाण्डे, सुवास मण्डल, खुस्बु झा,सुरज साह, प्रीति यादव,मञ्जु कुशवाह, सनम तिम्सिना, रजनीश महतो, नितेश कुमार मण्डल, रौसन सहनी  लगायतका रहेको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरन यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप