नयाँ कृषि सहकारीका थप दुईजना पक्राउ
मङ्गलबार, २७ चैत २०८०, १८ : ४८

काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष लिलाबहादुर गुरुङ र कोषाध्यक्ष नविन अछामी छन् । सीआईबीले चैत १८ मा कोषाध्यक्ष रामअघि अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनीविरुद्ध सहकारीको रकम हिनामिना गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको छ । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।
कृषि सहकारीको सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईसहित दुईजना फरार छन् ।