जंगलमा लागेको आगो वस्तीमा पस्यो, तीन वटा घर जलेर नष्ट

पोखरा । बागलुङको ताराखोलामा जंगलमा लागेको आगो बस्तीमा पसेको छ । ४ दिन अगाडीदेखि वडा नम्बर १ र २ को सीमानामा रहेको जंगलमा लागेको आगो गुराँसे बस्तीमा पसेको हो ।
उक्त आगोले ३ वटा घर र ५ वटा गोठ जलेर नष्ट भएको स्थानीयले बताएका छन् । वडा नम्बर २ का अध्यक्ष भद्रबहादुर घर्तीका अनुसार बस्तीतिर आउन नदिन प्रयास गरेपनि एकाएक घर र गोठमा सल्किएको हो ।
‘बस्तीमा आउन नदिन स्थानीय खटिएका थियौं । आज खाना खाने समयमा बस्तीतिर छिरेछ,’ उनले भने, ‘नजिकका घरगोठ जलेर नष्ट भयो । मान्छेमा कुनै क्षति छैन ।’
नर बहादुर परियारको खरको घर गोठ, हरिलाल परियारको खरको घर गोठसँगै अमृत परियारको २ वटा गोठ, ईश्वरा परियारको ढुंगाको घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ डढेलोबाट जलेको उनको भनाइ छ ।
उनीहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन् । डढेलोले बाख्रा र भैंसी पनि जलेका छन् । डढेलो नियन्त्रणमा नआएका कारण जोखिम कायम रहेको उनले बताए ।
अहिले स्थानीयले अग्नी रेखा बनाएर बस्तीतिर थप आगो आउन नदिनका लागि प्रयास जारी राखेका छन् ।
यस्तै, नजिकै रहेको चिया वगान समेत जोखिममा परेको वडाध्यक्ष घर्तीले जानकारी दिए । यसैबीच गलकोट क्षेत्रका पनि ६ वटा सामुदायिक वनमा अहिले आगलागी भैरहेको र ३० भन्दा बढी बस्ती जोखिममा रहेका नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु