युरोपियन च्याम्पियनसिप फुटबल : टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी
![युरोपियन च्याम्पियनसिप फुटबल : टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी](https://npcdn.ratopati.com/media/news/euro_Ka9VYPxpPI.jpg)
काठमाडौँ । युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले युरोपियन च्याम्पियनसिपमा सहभागी हुने टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी गरिरहेको छ । युरोपियन च्याम्पियन्स लिगको आगामी संस्करण जर्मनीमा आयोजना हुँदैछ । प्रतियोगिता जुन १४ देखि जुलाई १४ तारिखसम्म सञ्चालन हुनेछ ।
यूईएफएले प्रत्येक टोलीमा २६ जना खेलाडीलाई समावेश गर्ने गरी सङ्ख्या बढाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ । यस विषयमा यूईएफएले सहभागी टोलीका प्रशिक्षकहरूसँग पनि छलफल गरिसकेको छ ।
‘छलफलका क्रममा विभिन्न सुझाव आएका छन् । टोलीमा खेलाडीको सङ्ख्या बढाउँदा उपयुक्त हुने धेरै सुझाव प्राप्त भएका छन् । हामी यस विषयमा छलफल गरिरहेका छौँ,’ यूईएफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा अर्को सातासम्ममा ठोस निर्णय आइसक्ने पनि यूईएफएले जनाएको छ । यसअघिको संस्करणमा प्रत्येक राष्ट्रले आफ्नो टोलीमा २३ जना खेलाडीमात्र समावेश गर्न पाउँथे । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट यसअघि टोलीमा २३ खेलाडी समावेश गर्नुपर्ने पक्षमा थिए ।
तर, अहिले २६ सदस्यीय टोली बनाउनु पर्ने पक्षमा उनी पनि सकारात्मक देखिएका छन् । आगामी युरोपियन च्याम्पियनसिपमा २४ टोलीको सहभागिता रहने छ । प्रतियोगिता जर्मनीका विभिन्न १० वटा सहरमा खेलाउने कार्यक्रम रहेको छ । इटाली युरोपियन च्याम्पियनसिपको साविक विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश
-
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान