कांग्रेस सचेतक थिङ : रवि लामिछानेलाई दण्ड दिनुपर्छ कि पर्दैन ?
_GhuYqjf038.jpg)
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब गोर्खा मिडिया कम्पनीमा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन, सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।
उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् । थिङले भनिन्–‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?’
उनले नेपाली कांग्रेसको संसदीय दलको बैठकको निर्णय समेत बैठकमा वाचन गरेर सुनाइन् । उनले विगतका दिनदेखि संसद्मा ध्यानाकर्षण गराउँदा पनि संसदीय छानबिन समिति नबनाएको भन्दै बैठक अवरोध गर्ने बताइन् । सोहीअनुसार कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अबरुद्ध पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी