आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

‘सकम्बरी’की कुसुम उत्कृष्ट मोडल

मङ्गलबार, २७ चैत २०८०, १२ : ४४
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । ‘नेपाली गीत संगीतकर्मीहरुको सम्मान हाम्रो अभियान’ नारा सहित गीतसंगीतका सर्जकलाई १७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ बाँडिएको छ ।  नेप्को इन्टरटेनमेन्ट प्रालिले राजधानीमा एक कार्यक्रमकाबिच अवार्ड बाँडेको हो ।

अवार्डमा ‘चन्द्र सूर्य’ गीतबाट गायक हरिगोपाल प्रधानले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावना अवार्ड’, सूर्य क्रिएसन प्रालिका सूर्यबहादुर मगरले ‘सर्वोत्कृष्ट म्युजिक प्रोड्युसर अवार्ड’, ‘दशैं तिहार आउँदा’ गीतबाट गायिका सविनाबुढा मगरले ‘सर्वोत्कृष्ट चाडपर्व गीत अवार्ड’, ‘धासी पूर्वेली तेर्से भाका’तर्फ गायक धनबहादुर दमाई (दीपक लाखे)ले ‘सर्वोत्कृष्ट अवार्ड’ पाए ।

त्यस्तै जानकी थापा मगरले ‘सर्वोत्कृष्ट कस्टम डिजाईनर अवार्ड’, लोक विधातर्फ ‘झरी’ गीतमार्फत नेत्र भण्डारीले ‘सर्वोत्कृष्ट गायक अवार्ड’, ‘खुकुरी रम’ गीतबाट लक्ष्मी रेग्मीले ‘सर्वोत्कृष्ट गायिका अवार्ड’, ‘ओइ साइली’का लागि रोमबहादुर श्रेष्ठले ‘सवोत्कृष्ट नवगायक अवार्ड’ र ‘भोक’का लागि स्पेश लामिछानेले ‘सर्वोत्कृष्ट नव मोडल अवार्ड’ जिते ।

यस्तै महिला गायिकार्फत ‘चरी बासैंमा’ का लागि कमला पोखरेलले ‘पब्लिक च्वाईस अवार्ड’ र लोकगीतबाट पुरुषतर्फको ‘पब्लिक च्वाइस अवार्ड’ दीपसागर थापाले पोल्टामा पारे ।

पप विधातर्फ कल्याण सिंहले ‘सर्वोत्कृष्ट संगीत अवार्ड’, ध्रसव खनालले ‘शैलुङ’आधुनिक गीतमार्फत पुरुष मोडल विधाको ‘जुरी अवार्ड’, निरज कुमारले ‘थाहा छैन’का लागि ‘सर्वोत्कृष्ट म्युजिक अवार्ड’, स्मारिका ढकालले ‘धोकेबाज २’का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’ हात पारिन् ।

लाइभ दोहोरी विधातर्फ प्रकाश दुतराजले ‘माली गाईलाई’का लागि ‘सर्वोत्कृष्ट गायक अवार्ड’, जगतबहादुर घर्तीले ‘तमान खोला लाइभ दोहोरी गायक अवार्ड’, योगेश पानले ‘खुचिङ खुचिङ’ बा लागि ‘पप गायक अवार्ड’ र शक्ति चन्दले भेरी तथा कर्णाली लोक गीततर्फ ‘सर्वोत्कृष्ट शब्द अवार्ड’ सुरक्षित गरे ।

यस्तै शिवम पोखरेलले ‘क्यारी हासम खै’का लागि ‘सर्वोत्कृष्ट मोडल पुरुष’, कुशुम शर्माले ‘सकम्बरी’ का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’, वसन्तराज गौतमले ‘हँुदैनकी हाम्रो भेट’ लोक गीततर्फ ‘सर्वोत्कृष्ट जुरी अवार्ड’, गणेश कुँवरले ‘बादल पारी’ पप विधाको जुरी अवार्ड चुमे ।

गायक पदम राईले ‘सरकारी अड्डा’ गीतबाट ‘सर्वोत्कृष्ट पुरुष गायक’, आनन्द सिंहले ‘तिमीबिना’ गीतबाट ‘पब्लिक च्वाईस अवार्ड’, सुवास श्रेष्ठले ‘मोटर साइकल’बाट ‘पब्लिक च्वाईस अवार्ड’, मिलन मोक्तानले ‘अनायासै आँधी चल्यो’बाट ‘सर्वोत्कृष्ट शब्द संकलक अवार्ड’, निरोज कुमारले ‘झरनाको चिसो पानी’बाट ‘जुरी अवार्ड’, युवराज छन्त्यालले ‘गाँउको माया’ गीतबाट ‘पब्लिक च्वाईस अवार्ड’, ध्रुव खनालले ‘मनैमा बस्ने’ गीतबाट ‘पब्लिक च्वाईस’ अवार्ड पाए ।

प्रथम उपराष्ट्रपति परमानन्द झाको उपस्थिति रहेको कार्यक्रममा गायिका शर्मिला गुरुङलाई ‘राष्ट्रिय गायिका सम्मान’, ख्यामनारायण पौडेललाई ‘राष्ट्रिय व्यवसायी सम्मान’, कमला श्रेष्ठलाई ‘राष्ट्रिय नारी उद्यमी सम्मान’, प्रविण कला राईलाई ‘राष्ट्रिय नारी उद्यमी सम्मान’, होम गैरेलाई ‘राष्ट्रिय नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड दर्शक गायक सम्मान’, देवी हमाललाई ‘राष्ट्रिय नारी उद्यमी सम्मान’ प्रदान गरियो ।

त्यस्तै डा. भोला रिजाललाई ‘राष्ट्रिय श्रष्टा सम्मान’, दिनेश मोक्तानलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’, ईशा लोहागुन कौशललाई ‘ध्वनी सम्मान’, रोशनी रसाइलीलाई ‘धन्यवाद सम्मान’, सन्जिव बर्मासाखालाई ‘आईटी सम्मान’, पत्रकार उमेश विकलाई ‘पत्रकारिता सम्मान’, राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’, पूर्णबहादुर खत्रीलाई ‘राष्ट्रिय कलाकारिता सम्मान’, इश्वर जीसीलाई ‘राष्ट्रिय श्रष्टा सम्मान’, खड्ग वीर रावत, मुकेश कुमार चौधरी, तुल बहादुर थापा, आशिक लामा र केशवराज पाण्डेलाई ‘राष्ट्रिय व्यावसायिक सम्मान’ तथा नेपाल एयर लायन्सलाई धन्यवाद पत्रसहितको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल संगीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगरले कम्पनी र संस्थाले अवार्डका कार्यक्रमहरू गर्न गाहो र खर्चिलो हुने भएकाले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न राज्यले सहयोग गर्नुपर्ने बताए ।

नेपाल संगीत उद्योग सङ्घका महासचिव तथा कार्यक्रमका अध्यक्ष जीतबहादुर रावतले नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बद्र्धन, प्रवर्द्धनसँगै रचनात्मक र सिर्जनात्मक विकासमा योगदान दिएका सर्जक र स्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप