राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना
सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार बिहान दर्शन तथा पूजाअर्चना गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेकाे धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पाैडेलले बिशेष पुजा गर्नुका साथै टीका,फूल तथा प्रसाद ग्रहण गरेका हुन् ।
राष्ट्रपति पाैडेल मन्दिरमा पुग्दा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । साे अवसरमा गाउपालिका अध्यक्ष विधानन्नद चाैधरीले राष्ट्रपति पाैडेललाई मायाको चिनाे प्रदान गरे ।
मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ- मधेशको प्राचीन र ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताए । उनले काेशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न ज़रूरी रहेको उल्लेख गर्दै भने, ’सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलले पेस गरेका प्रतिवेदन माओवादी पदाधिकारी बैठकद्वारा अनुमोदन
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी