३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’
मङ्गलबार, २७ चैत २०८०, ११ : ५३

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक, कलाकार निश्चल बस्नेतको निर्माण रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ३४ दिनमा सकेको हो ।
साजन काफ्ले र आकाश बरालको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन आउँदो वर्षको दसैँमा रिलिज हुनेछ ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतकै मुख्य भूमिका रहेको फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहनेछ । सामाजिक कथामा कमेडी शैलीमा तयार भएको फिल्मबाट अभिनेत्री खड्काले निर्माणमा पनि हात बढाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इटालियन सिरी’एमा लाजियो र युडिनिजले अंक बाँडे
-
प्रिमियर लिगमा न्यूक्यासलले वेष्टह्यामलाई हरायो
-
लोपोन्मुख कुसुन्डा भाषा संकटमा
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ