सञ्जय दत्तले लोकसभा राजनीतिमा कमब्याक गर्न लागेका हुन् ?

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता गोविन्दा लोकसभाको निर्वाचनमा उत्रिएका छन् । कंगना पहिलो पटक राजनीतिमा छिरेकी छिन् भने गोबिन्दाको यो दोस्रो इनिङ हो । यसैबिच अभिनेता सञ्जय दत्तले पनि राजनीतिमा पुनरागमन गरेको चर्चा चलिरहेको छ । केही दिनयता समाचार र सामाजिक सञ्जालहरूमा यससम्बन्धी व्यापक चर्चा भइरहेको छ ।
यस अफवाहबारे सञ्जय दत्त स्वयम्ले मुख खोलेका छन् । एक्स एकाउन्टमा पोस्ट गर्दै अभिनेताले आफू राजनीतिमा आउने खबरहरूमा प्रतिक्रिया दिएका छन् । ‘म राजनीतिमा आएको सबै अफवाहमा विराम लगाउन चाहन्छु । मैले कुनै पार्टी ज्वाइन गरिरहेको छैन न त चुनाव लडिरहेको छु,’ पोस्टमा उनले लेखेका छन् । कुनै दिन आफू राजनीतिमा पुनः फर्किने भए भने यसलाई नलुकाउने पनि उनले भनेका छन् ।
‘यदि मैले राजनीतिको मैदानमा उत्रिने फैसला गरे भने सबैभन्दा पहिला स्वयम् यसको घोषणा गर्नेछु । मेरोबारे केही दिनयता जे जस्ता खबर आइरहेका छन्, ती माथि विश्वास नगर्नुहोला ।’ उनले भनेका छन् । राजनीतिमा प्रवेशबारे सञ्जयले मुखै खोल्नु परेको यो पहिलो पटक होइन । सन् २०१९ मा पनि उनले यसैगरी प्रतिक्रिया दिनु परेको थियो ।
सञ्जयले सन् २००९ मा लोकसभाको चुनावमा समाजवादी पार्टीको तर्फबाट उमेदवारको रुपमा चुनाव लड्ने मन बनाएका थिए । तर पछि उनले आफ्नो नाम फिर्ता लिए । त्यसपछि उनी पार्टीको महासचिव पनि भए । तर सन् २०१० मा उनले पद छाडिदिए । सञ्जयका पिता सुनिल दत्त कंग्रेस पार्टीबाट सांसद थिए । उनी लामोसमयसम्म राजनीतिमा थिए ।
सञ्जय यतिबेला साइन्स फिक्शन कमेडी द भिर्जन ट्रीमा देखिदैंछन् । यस फिल्ममा सनी सिंह, मौनी राय र पलक तिवारीलाई पनि देख्न सकिनेछ । यसपछि उनी अक्षय कुमार, सुनीले शेट्टी, परेश रावलको साथा वेलकम टू द जंगलमा देखिनेछन् । यो फिल्म यही वर्षको अन्त्यमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म