आईपीएलमा आज : हैदराबादमाथि पञ्जाब हाबी रहेको इतिहास
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद बिच खेल हुँदैछ । खेल साँझ ७ः४५ बजेदेखि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनेछ ।
पञ्जाबले आईपीएलमा हैदराबादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औँ सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुवै टोलीको ४/४ अङ्क छ । हैदराबाद अङ्क तालिकामा पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ।
- पञ्जाब हेड टु हेडमा अगाडि
आईपीएलमा यी दुई टोलीबिच हालसम्म २१ खेल खेलिएका छन् । जसमध्ये पञ्जाबले १४ खेल जितेको छ भने हैदराबादले ७ जितेको छ ।
दुई टोलीबिचको अन्तिम खेल २०२३ मा हैदराबादमा भएको थियो, जहाँ हैदराबाद ८ विकेटले विजयी भएको थियो। त्यस्तै, मोहालीमा अन्तिम पटक दुई टोली सन् २०१९ मा भिडेका थिए, जहाँ पञ्जाबले खेल ६ विकेटले जितेको थियो।
- हैदराबादका क्लासेनको सर्वाधिक रन
हैदराबादका ब्याट्सम्यानले यो वर्ष राम्रो प्रदर्शन गरेका छन् । अभिषेक शर्मा, ट्राभिस हेड, हेनरिक क्लासेन र एडेन मार्क्रमजस्ता खेलाडीले लगातार बलरमाथि हमला गर्दै टोलीलाई उत्कृष्ट सुरुवात गराए ।
टोलीका शीर्ष ब्याट्सम्यान क्लासेन हुन् । उनले ४ खेलमा २ अर्धशतकसहित १७७ रन बनाएका छन् । बलिङमा टी नटराजनले सर्वाधिक ४ विकेट लिएका छन् । अर्कोतर्फ, जयदेव उनाडकट, मयंक मार्कण्डे र भुवनेश्वर कुमार जस्ता खेलाडी भने यो वर्ष अलि महँगो साबित भएका छन् ।
- पञ्जाबमा धवनको सर्वाधिक रन, अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक
पञ्जाबसँग शिखर धवन, जोनी बेयरस्टो, लियाम लिभिङ्स्टन जस्ता आक्रामक ब्याट्सम्यान छन् । तर कप्तान धवनबाहेक अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले लगातार राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।
पञ्जाबले आफ्ना भारतीय खेलाडी प्रभसिमरन सिंह र जितेश शर्माले जिम्मेवारी लिने र अनक्याप शशाङ्क सिंहजस्ता खेलाडीले ठुलो इनिङ्स खेल्ने आशा राख्नेछ।
पञ्जाबका लागि बलिङ पनि चिन्ताको विषय बनेको छ । डेथ ओभरमा सङ्घर्षरत पञ्जाब टोलीका लागि कागिसो रबाडाले सर्वाधिक ६ विकेट लिएका छन् ।
- पिच रिपोर्ट
यो सिजन आईपीएलमा दोस्रो खेल मात्र मोहालीको नयाँ मैदानमा हुँदैछ । यसअघि यहाँ पञ्जाबले दिल्ली क्यापिटल्सको सामना गरेको थियो । खेलमा पञ्जाबले २० औँ ओभरमा १७५ रनको लक्ष्य पुरा गरेको थियो ।
यहाँ सैयद मुश्ताक अली टी-२० ट्रफीका खेलहरू पनि खेलिएका थिए । जसमा औसत स्कोर १ सय ७४ रन मात्रै रह्यो । पिच सुस्त हुने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्न पनि सक्छ ।
- मौसम रिपोर्ट
मौसम सफा रहनेछ । तापक्रम ३२ देखि ३३ डिग्रीको बिचमा रहनेछ। पानी पर्ने सम्भावना छैन ।
- सम्भावित प्लेइङ इलेभन
पञ्जाब किंग्स: शिखर धवन (कप्तान), जोनी बेयरस्टो, प्रभसिमरन सिंह, साम करन, जितेश शर्मा (विकेटकिपर), शशाङ्क सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल र अर्शदीप सिंह।
इम्प्याक्ट प्लेयर - राहुल चाहर, लियाम लिभिङ्स्टन र सिकन्दर रजा।
सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, शाहबाज अहमद, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, नितिश कुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।
इम्प्याक्ट प्लेयर - जयदेव उनाडकट, मयंक अग्रवाल।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको बैठक : पीजी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेप्से परिसूचक घट्यो
-
जैसवाल,कोहली र राहुलको उत्कृष्ट ब्याटिङसँगै भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी