राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न गणतन्त्रवादी शक्ति एक हुनुपर्छ : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बर्ताका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित कथित विरोध प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने घोषणालाई राष्ट्रिय जनमोर्चाले गम्भीर रूपमा लिएको समेत बताए ।
'कुनै निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने राप्रपाको घोषणाले देशको शान्ति सुव्यवस्थालाई भङ्ग गरेर अशान्तिको अवस्था उत्पन्न गर्नका लागि खुल्ला चुनौती हो', विज्ञप्तिमा भनिएको छ ।
लामो सङ्घर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरूले योजनाबद्ध ढङ्गबाट काम गरिरहेको भन्दै जनमोर्चाले त्यस प्रकारको प्रतिगामी गतिविधिलाई भारतीय साम्राज्यवादले पनि समर्थन गर्दै आएको दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– '२०६२-०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूमाथि प्रहार गरेर ती उपलब्धिहरूलाई उल्टाउन चैत्र २७ गतेको कार्यक्रम आयोजना गरिएको कुरामा कुनै शङ्का छैन । राप्रपा लगायत राजावादी शक्तिहरूको गणतन्त्र खतम गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टट्युब बेबी
-
सामाजिक सुरक्षा कोष र सुनसरीको दुहबी नगरपालिकाबिच सम्झौता
-
विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्