सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एक साताभित्र  पेट्रोल पम्प हटाउन निर्देशन

सोमबार, २६ चैत २०८०, २० : ०४
सोमबार, २६ चैत २०८०

पोखरा । पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान, वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिकहरू, निर्माण व्यवसायी र स्थानीय अगुवाहरूको उस्थितीमा स्थलगत अनुगमन गरिएको हो ।

नाला सिधा बनाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जमिनमा पर्ने भएकाले सोको व्यवस्थापनका लागि प्रतिष्ठानका अधिकारीहरूसँग पनि पटक पटक उच्चस्तरीय छलफल समेत भएका छन् । उपयुक्त निकास निकाल्ने प्रयत्न भने भइरहेको महानगरपालिकाका प्रमुख आचार्यले बताए । ‘यसका लागि हामीले उहाँहरूसँग पनि पटक पटक छलफलमा बसेका छौँ, उनले भने, यसको उपयुक्त निकास यथाशीघ्र खोजिने छ ।’ हरिचोक जस्तो व्यस्त चोकमा सडक जति फराकिलो बनाउन सकियो त्यो त्यति नै सुरक्षित हुने उनले बताए । नाला सिधा बनाउनु पर्ने स्थानीयको सरोकार सम्बोधनका लागि नियमानुसार निर्णय लिइने उनले बताए । करिब ५० मिटर नाला निर्माणमा यो समस्या देखिएको हो ।

हरिचोकको वडा नं.१ तर्फ रहेको लान्दु्रक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका टहराहरू सात दिन भित्र हटाउन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे निर्देशन दिए। सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समय भित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने उनको निर्देशन छ । हरिचोकको सडक छेउमा लान्दु्रक पेट्रोल पम्प वर्षौँदेखि सडकको राइटअफ वे भित्र सञ्चालित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप