सत्ता राजनीति
सच्चियो पत्र, जेठ ११ मा प्रदेशसभाको नियमित अधिवेशन आह्वान गर्न पत्राचार
सोमबार, २६ चैत २०८०, १६ : ४६

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् । मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्राचार गरेका हुन् ।
यसअघि प्रदेश प्रमुख कार्यालयले मिति गल्ती रहेको पाइएपछि पत्र फिर्ता पठाएकामा पुनः सच्याएर पठाएसँगै दर्ता गरिएको हो । पहिलो पत्र प्रदेश प्रमुखले खोलेर हेर्दा पुरानो मिति राखेको पाइएपछि पत्र नमिलेको भन्दै फिर्ता फिर्ता भएको थियो ।
यसैबीच नयाँ समीकरणमा रहेका एमाले र माओवादीलगायतका दलहरुले भने विशेष अधिवेशन आह्वानका लागि आग्रह गरिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् । कोशीमा एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
बिम्स्टेक शिखर सम्मेलन : प्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीसंग रेड बुल प्रतिनिधिको भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप