डोल्पामा आगो नियन्त्रण लिने क्रममा ४ जना सेना घाइते

सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । तर, पुनः सोमबार सुकेको रुखको जराबाट आगो सल्किएका थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीको कमाण्डमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेका छ ।
सो क्रममा सेनाका ४ जना घाइते भएको डोल्पा प्रहरीले जनाएको छ । घाइते हुनेमा श्री देविदत्त गणमा कार्यरत २२ वर्षीय सिपाही आषिक बुढा, ३८ वर्षीय केशव बहादुर जर्गा मगर, ३० वर्षीय प्युठ विजय कोइराला र २८ वर्षीय हेमन्त रावत रहेको छन् । उनीहरूको जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद
-
होलीको अपमान गरेको भन्दै फराहविरुद्ध मुद्दा