संविधानलाई अप्ठ्यारोमा पार्दिनँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले संविधानलाई अप्ठ्यारोमा नपर्ने बताएका छन् । आफूले सडकमा निस्केर गोली तर्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा पार्ने काम नगर्ने बताए ।
माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएसँगै सोमबार उनले भने, ‘संविधानलाई अप्ठ्यारोमा पार्ने मेरो काम हुँदैन । म सडकमा निस्केर गोली तर्किँदै बनेको नेता हुँ । त्यसकारण संविधान र लोकतन्त्रलाई मध्यनजर गर्दै क्याबिनेट मन्त्रीको सिट खाली राखेरै अगाडि बढ्छु ।’
माओवादी केन्द्रबाट प्रदेश सरकारमा रहेकाहरू खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले सोमबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
आजै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक