गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स
![गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स](https://npcdn.ratopati.com/media/news/nishan-bhattarai_lo22tSSuJE.png)
काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।
चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’
२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘११ः५५’को क्यारेक्टर पोस्टर सार्वजनिक
-
१०.५३ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको नाफा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न ग्रिसबाट स्वदेश आइपुगिन् एन्जिला
-
अमेरिकाको देखासिकीमा अवैध आप्रवासीमाथि कडाइ गर्दै बेलायत
-
ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित
-
इजरायलमा केयरगिभर पठाउने प्रक्रिया अन्तिम चरणमा