रविलाई प्रदीप पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने उनले स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे । उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? भन्ने प्रश्न गरे । उनले कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्ने बताए ।
उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो भन्ने कुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ ।’
सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात