हलमा कहिले आउँदैछ केजीएफ–३
नयाँ दिल्ली । केही फिल्म यस्ता हुन्छन् जसले हलमा मात्रै होइन दर्शकको मन मस्तिष्कमै समेत हलचल मच्चाइदिन्छन् । फिल्मको सिक्वेल कहिले आउँला भनेर फ्यानहरू कुरेर बसिरहेका हुन्छन् । यस्तै एउटा फिल्म हो केजीएफ । फिल्मको दुई ओटा भाग आइसकेको छ । यतिबेला फ्यानहरू फिल्मको तेस्रो भाग कहिले आउँछ भनेर प्रतीक्षा गरिरहेका छन् ।
यदि तपाई पनि केजीएफ र र यश को फ्यान हुनुहुन्छ र यसको तेस्रो भाग कहिले रिलिज होला भनेर पक्कै जान्न चाहनु हुन्छ होला । यश स्टारर केजीएफ च्याप्टर १ र च्याप्टर २ ले विश्वव्यापी बक्स अफिसमा धमाका मच्चायो । दर्शकहरूले यी दुवै फिल्मलाई निकै मन पराए । खुसीको कुरा केजीएफ–३ पनि रिलिज हुन लागेको हो । फिल्मका दुई च्याप्टरका निर्देशक प्रशान्त नीलले होमबाले फिल्म्सको तर्फबाट आफैंले फिल्म रिलिजबारे जानकारी दिएका थिए ।
गत वर्ष सेप्टेम्बरमा नै होमबाले फिल्म्सका प्रवक्ताले यश अभिनीत कन्नड ब्लकबस्टर केजीएफको तेस्रो भाग २०२५ मा रिलिज हुने र यसको निर्माण डिसेम्बर २०२३ बाट सुरु हुने बताएका थिए । यसैबिच, गत वर्ष डिसेम्बरमा पिंकभिलासँगको अन्तर्वार्तामा, नीलले फ्रेन्चाइजको तेस्रो फिल्म च्याप्टर आउने कुराको पुष्टि गरेका थिए । त्यतिबेला नीलले आफू निर्देशकको कुर्सीमा नफर्कने संकेत गरेका थिए ।
‘केजीएफ ३ बन्नेछ । तर म निर्देशक रहन्छु कि रहँदिन भन्ने चाहिँ थाहा छैन तर यश सधैँ यसको हिस्सा रहनेछन् ।’ नीलले भनेका थिए । गम्भीरतापूर्वक भन्दा केजीएफ ३ बन्ने अनि आफूहरूले बनाउन लागि मात्रै यसको घोषणा नगरेको पनि उनले बताए । घोषणा गर्नु अघि नै आफूहरूले फिल्मको स्क्रिप्टबारे फैसला गरिसकेको पनि निलले भनेका छन् । यश निकै जिम्मेवार व्यक्ति भएको अनि उसले व्यापारिक कारणले कुराहरू सार्वजनिक नगर्ने पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार