बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दैछिन् नोरा फतेही
![बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दैछिन् नोरा फतेही](https://rpcdn.ratopati.com/media/albums/nora_zQGBjohIpp.jpg)
नयाँ दिल्ली । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छिन् । विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तरवार्तामा भनेकी हुन् ।
अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे खुलेर कुरा गरेकी थिइन् । आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको भएपनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।
‘म भगवानप्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु,’ उनले भनेकी छिन् । अझ अगाडि नोरा भन्छिन्, ‘मेरो लागि पैसा पछिको कुरा हो । त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ । साँच्चै भन्ने हो भने आजको संसारमा स्वार्थी मानिसहरू धेरै छन् । यिनीहरू अरूबाट फाइदा लिन खोज्छन्, फाइदा मिल्दासम्म केही वर्ष सँगै बस्छन् अनि जान्छन्,’ नोराले भनेकी छिन् ।
- सन्तान जन्माउने इच्छा
नोरा फतेही बिहे गरेर घरजम बसाउन तयार छिन् । नायिका भन्छिन्, ‘चार–पाँच वर्षअघि जीवनसाथीबारे मेरो विचार निकै सतही थिए । अहिले म धेरै फेरिएको छु । एक आदर्श व्यक्तिबारे फरक दृष्टिकोण विकास भएको छ ।’
पहिले आफूले गलत चीजहरू खोजिरहेको पनि उनले बताइन् । यतिबेला चाहिँ उनी एउटा इमानदार जीवन साथीको खोजीमा छिन्, जो सुन्दर पनि होस् । नोरा हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् । यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
-
तर्साउन हानिएको गोली लागेर मकुनाको मृत्यु
-
वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
-
आफूविरुद्ध पार्टीले कारबाही गरेपछि कानुनी उपचार खोज्दै वडाध्यक्ष