आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा

काठमाडौँ । आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाले जनकपुरमा पुगेर घटनाबारे छानबिन र थप अनुसन्धान सुरु गरेका हुन् ।
फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।
२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी आरती साहको मृत्युबारे थप अनुसन्धान सुरु भएको छ । डीआईजी नेतृत्वको टिमले काम सुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहरजन्य वस्तुबाट आम्दानी गर्दै व्यास नगरपालिका
-
गोबर र गहुँतबाट आम्दानी
-
जन्मदिनमा वाईसीएल इन्चार्ज दीपशिखाद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर