बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जापोरिज्जिया आणविक केन्द्रमा आक्रमणपछि संयुक्त राष्ट्रसङ्घको चेतावनी

सोमबार, २६ चैत २०८०, ०८ : १७
सोमबार, २६ चैत २०८०

कीएभ । युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा नयाँ ड्रोन हमलापछि ‘ठुलो आणविक दुर्घटना’ हुने खतरा बढाएको संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनी दिएको छ। रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ । युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ।

६ रिएक्टर भएको यो प्लान्ट रुसको नियन्त्रणमा छ र रुस–युक्रेन द्वन्द्वको अग्रपङ्क्तिमा छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले बारम्बार यस्ता आक्रमणहरू विरुद्ध चेतावनी दिँदै आएको छ। आईएईएका प्रमुख राफेल ग्रोसीले आइतबारको ड्रोन हमला ‘प्लान्टलाई ध्यान नदिई लापरवाहीपूर्वक‘ गरिएको र अब ‘आणविक सुरक्षाको लागि खतरा बढेको’ बताएका छन्।

दक्षिणी युक्रेनमा अवस्थित जापोरिज्जिया आणविक प्लान्ट युरोपको सबैभन्दा ठुलो प्लान्ट हो। सन् २०२२ मा युक्रेनमा हमला गरेपछि रुसले यसमा कब्जा गरेको थियो ।

जापोरिज्जियामा रहेको आईएईए टोलीले रिएक्टरसहित प्लान्टमा ‘ड्रोन हमलाको प्रभाव’ पुष्टि गर्‍यो। प्लान्टका रुसी-स्थापित अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएका छन्।

आईएईएले आणविक सुरक्षामा अहिलेसम्म कुनै क्षति नभए पनि यो घटनाले रियाक्टरहरूलाई कमजोर बनाएको र गम्भीर खतरा खडा गरेको चेतावनी दिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप