‘महाजात्रा’ हेरेपछि झलनाथले भने, ‘नेपाली जनताले अपेक्षा गरेको फिल्म’

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उप–निर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्न काठमाडौँ आइपुगेका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले फिल्मको प्रशंसा गरे । आइतबार बेलुकी आयोजित विशेष शोमा उनले फिल्म हेरेपछि भ्रष्टाचारी नेतालाई गतिलो मुक्का प्रहार गरिएको भन्दै तारिफ गरे ।
‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टाचार, तस्करी छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, जसकारण देशमा युवा रित्तिएका छन् । फिल्मले गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ’, सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा फिल्म हेरेका नेता खनालले भने, ‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’
नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराइली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेरेका थिए ।
निर्देशक तुलसी घिमिरेले हँसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रशंसा गरे । ‘यो फिल्मभन्दा पनि आँखीझ्याल झैँ लाग्यो । यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चियाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ’, निर्देशक घिमिरेले भने ।
अभिनेत्री गौरी मल्लले पहिलो हाफमा हाँसो रोक्न निकै कठिन भएको र दोस्रो हाफ आफ्ना लागि सर्प्राइज रहेको बताइन् । कमेडियन सन्दीपले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्व हुँदै अगाडि बढेको बताए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतको अभिनय छ । निर्माण पक्षका अनुसार फिल्मले नेपालमा ११ करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय