शीर्ष स्थानमा उक्लने मौका गुमायो लिभरपुलले

लण्डन । म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएपछि लिरभपुलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइबार राति भएको खेलमा लिभरपुल २–२ गोलको बराबरी खेल्न बाध्य बन्यो ।
खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा नियन्त्रण बनाएको टोलीलाई २३ औँ मिनेटमा लुइस डियाजले अग्रता दिलाएका थिए । लिभरपुलले युनाइटेडको पोस्टमा १५ वटा प्रहार गर्दा घरेलु टोलीले एउटा पनि प्रहार गर्न सकेन ।
तर, दोस्रो हाफमा ब्रुनो फर्नान्डेज र कोबी माइनाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । पराजयतर्फ अघि बढिरहँदा लिभरपुलले ८४ औँ मिनेटमा पेनाल्टी पायो l उक्त अवसरको सदुपयोग गर्दै मोहम्मद शालाहले गोल गर्दा खेल बराबर भयो । ओल्ड ट्राफोडमा लगातार चार खेलमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
बराबरीपछि ३१ खेलबाट ७१ अङ्क बटुल्दै लिभरपुल अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । सामान अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । युनाइटेड भने ४९ अङ्कसहित छैटौँ स्थानमा सीमित छ ।
आइतबार नै भएका अन्य खेलमा चेल्सी सेफिल्ड युनाइटेडसँग २–२ को बराबरीमा रोकियो । उता टोटनह्याम हटस्पर्सले नटिङह्याम फरेस्टलाई ३–१ गोलले हरायो ।
चेल्सी ४४ अङ्कसहित लिगको नवौँ स्थानमा रहेको छ । स्पर्स भने ६० अङ्कसहित गोलअन्तरको आधारमा लिगको चौथो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल