सहकारी ठगी प्रकरण : सभामुख घिमिरेले शीर्ष चार दलसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।
घिमिरेले आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर छलफलको समय निर्धारण गरेका हुन् । गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ । सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन् । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ ।
यसैबिच सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ । स्रोतका अनुसार आगामी बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ । जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले सो अगावै वर्षे अधिवेशन आह्वान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा