यश र क्रुनालको घातक बलिङसामु निरीह बन्यो गुजरात

लखनउ । यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटियो ।
लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए । उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए ।
गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । कप्तान शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए । दर्शन नलकन्डेले १२ रन बनाउँदा अन्यले दोहोरो अङ्क नै छुन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए ।
उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए । आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए । गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए ।
४ खेलमा गुजारतको तेस्रो जीत हो । टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ । गुजराजत भने ५ खेलमा तेस्रो हार बेहोर्न बाध्य बनेको छ । ४ अङ्कसहित टोली सातौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने