अर्धवार्षिक समीक्षा गर्दा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने गरी बजेट ल्याउनु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । आइतबार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै डा.खतिवडाले यस्तो सुझाव दिएका हुन् ।
पूर्वअर्थमन्त्री खतिवडाले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताए । उनले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउनु पर्नेमा जोड दिए । उनले यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेस गरेर मात्रै लागू गर्नुपर्ने बताए । उनले संसद्ले पास गरेको विनियोजन ऐन, संसद्ले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई ठुलो अनुपातमा घटाउँदै जाँदा कानुनको पद्धति,सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्ने बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले बजेटको सार र साँख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने सुझाव दिए । उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यर्थाथ परक बनाउन नसके गत वर्षकै जस्तो हुने बताए । उनले गत वर्ष राजश्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले बजेटको आधार बलियो बनाउन सकिन भने बजेट पनि ढल्नसक्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा