शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

नयाँ ढंगले जानका लागि पार्टीको विशेष महाधिवेशन अनिवार्य : अग्नि सापकोटा

आइतबार, २५ चैत २०८०, १८ : ०३
आइतबार, २५ चैत २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आएको बताएका छन् । आइतबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ गर्न र नयाँ ढंगले अगाडि बढ्नका लागि विशेष महाधिवेशन गर्नैपर्ने अवस्था आएको बताएका हुन् ।

पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले अब हुने पार्टीका गतिविधि परम्परागत ढंगले नहुने बताउँदै नयाँ ढंगले जानका लागि पार्टीको विशेष महाधिवेशन अनिवार्य रहेको बताए । उनले भने, ‘पार्टीको विचारलाई नयाँ ढंगबाट अगाडि बढाउन आवश्यक छ ।’

उपाध्यक्ष सापकोटाले कम्युनिस्ट पार्टीलाई सुदृढीकरण गर्न आत्मालोचना र आलोचना हुनैपर्ने बताए । उनले आलोचना र आत्मालोचना वैचारिक हुनुपर्ने बताए ।

पार्टीभित्र तीनवटै सरकार सञ्चालनका लागि एउटा समिति बनाउने तयारी भइरहेको बताउँदै उनले अहिलेको सरकारलाई झन तीव्र गतिले सञ्चालन गर्ने बताए ।  उपाध्यक्ष सापकोटाले पत्रकारले सत्यतथ्य सूचना प्रवाह गनुपर्नेमा जोड दिँदै प्रेस सेन्टरको काँधमा ठुलो जिम्मेवारी आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप