उपनिर्वाचनका ३२ उम्मेदवारविरुद्ध परेन उजुरी
काठमाडौँ । आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो ।
इलाम–२ का निर्वाचन अधिकृत केशव घिमिरेले इलाम–२ का २० जना उम्मेदवारविरुद्ध कुनैपनि उजुरी नपरेको रातोपाटीलाई बताए । इलाम–२ मा राजनीति दलका १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ का निर्वाचन अधिकृत सुदर्शन लामिछानेले पनि १२ जना उम्मेदवारमाथि कुनै उजुरी नपरेको बताए ।
निर्वाचन अधिकृतहरूका अनुसार उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउने व्यवस्था थियो । ‘उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउनुहुन्थ्यो । आधिकारिक व्यक्तिले कसैले पनि उजुरी दिनु भएको छैन ,’ उनले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
कांग्रेसको १५ बुँदे आन्तरिक सर्कुलर : एमालेलाई नबिच्क्याउने, गालीगलौज नगर्ने