उत्पीडित वर्गको पहिचान र सम्मानका लागि सधैँ सङ्घर्षको अग्रभागमा लड्छौँ : आजपा

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले उत्पीडित वर्ग र समुदायको पहिचान र सम्मानका लागि सदैव सङ्घर्षको अग्रभागमा लड्ने प्रतिबद्धता जनाएको छ ।
सो पार्टीका प्रवक्ता चन्द्र भूषण साहले आइतबार जारी गरेको विज्ञप्तिमा शनिवार काठमाडौँमा भएको जनप्रदर्शन सफल भएको जिकिर गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रतिक्रियावादी शक्ति केन्द्रहरूको षड्यन्त्र र घेराबन्दी तथा प्रहरी प्रशासनको अवरोध एवं असहयोगका बाबजुद पनि व्यापक जनसहभागिताका साथ पार्टी अध्यक्ष प्रभु साहको उपस्थितिमा सम्पन्न भएको उनले बताए ।
जनप्रदर्शनमार्फत जनआन्दोलनका प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै वर्तमान लुटकारी दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको शंखनाद समेत गरेको उनले बताए ।
‘त्यसैगरी, काठमाडौँमा खुद्रा व्यापारी, कबाडी, सुकुम्बासी र गारमेंट लगायतका मेहनतकश श्रमजीवीहरूको पक्षमा सुरक्षा प्रदान गर्न सशक्त प्रतिवाद गर्ने तथा महिला, मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु सहितका सीमान्तकृत एवं अल्पसंख्यक शोषित उत्पीडित वर्ग र समुदायको पहिचान र सम्मानका लागि सदैव सङ्घर्षको अग्रभागमा लड्ने प्रतिबद्धता व्यक्त गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
-
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
-
वन क्षेत्रमा निजी विद्यालय, ठाउँ खाली गर्न वन कार्यालयको निर्देशन
-
कृष्णभिरबाट मोटरसाइकल सहित त्रिशुलीमा खसेका युवकको मृत्यु
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
बागमतीमा विद्युतीय प्रणालीमार्फत स्वास्थ्य संस्था दर्ता/नवीकरण सुरु