भिक्षुमाथिको दुर्व्यवहारबारे छानबिन हुन्छ : एसएसपी खत्री
काठमाडौँ । काठमाडौँको भद्रकालीमा शनिबार प्रदर्शनको क्रममा एक जना लामा भिक्षुमाथि भएको दुर्व्यवहारकाे छानबिन हुने भएको छ । भिड नियन्त्रणमा खटिएका प्रहरीले लामा भिक्षुलाई अपमानजनक ढंगले लात्ताले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
भद्रकालीको घटनाबारे छानबिन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने– ‘सो घटनाबारे छानबिन गर्छु ।’
राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा तामाङ मुक्ति बाहिनीको ब्यानरमा लामा भिक्षुहरू पनि प्रदर्शनमा सहभागी थिए ।
प्रदर्शनस्थलबाट १० जना पक्राउ परेका थिए । पक्राउ परेकाहरु विरुद्ध मुद्दा चलाइने एसएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री
-
ट्रम्प प्रशासनलाई इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’
-
उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?
-
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक