वीपी कोइराला स्वास्थ्य विज्ञान र रामराजामा नियुक्ति
आइतबार, २५ चैत २०८०, १७ : ३८

काठमाडौँ । रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरीका प्राध्यापक डाक्टर पशुपति चौधरी नियुक्त भएका छन् । त्यस्तै समितिको सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । उनका अनुसार बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापाका डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको छ ।