त्रिविका उपकुलपति सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्न अखिल (समाजवादी) को माग

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी सङ्गठन अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीलाई राजनीतिक हस्तक्षेप नगर्न आग्रह गर्दै उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई तत्काल नियुक्त गर्न माग गरेको हो ।
उपकुलपति प्राडा केशरजंग बरालले रेक्टर र रजिस्ट्रारको नाम सिफारिस गरेका छन् । तर, राजनीतिक भागबन्डा मिलाउन कुलपतिले हालसम्म नियुक्ति गर्न सकेका छैनन् । अखिल (समाजवादी) ले रजिष्ट्रार, रेक्टर लगायतका पदहरूमा नियुक्ति गर्न प्रधानमन्त्री समक्ष नाम पेस गरिएका व्यक्तिहरूलाई नै नियुक्त गर्न भनेको हो ।
नवनियुक्त उपकुलपति बरालमाथि विभिन्न क्षेत्रबाट अनावश्यक दबाब दिइएको भन्दै त्यस्तो नगर्न सचेत गराएको हो ।
त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरू हुन लागेको अवस्थामा उच्च राजनीतिक तहबाट भागभण्डाका निम्ति दबाब दिनु दुखद र खेदजनक रहेको अखिलको ठहर छ ।
तत्कालै उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरूलाई नियुक्ति दिन र राजनीतिक हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको हो । अखिल (समाजवादी) ले त्रिविलाई दिइएको दबाब, हस्तक्षेप र भागभण्डाका विरुद्ध विभिन्न सङ्घर्षका कार्यक्रमहरू समेत घोषणा गरेको छ ।
सङ्घर्षका कार्यक्रमहरूमा :
१. २०८० चैत्र २६ गते सोमवार बिहान ११ बजे देशभरिका त्रिविका आङ्गिक क्याम्पसमा विरोध प्रदर्शन ।
२. २०८० चैत्र २७ गते मंगलवार बिहान ११ बजे काठमाण्डौँमा त्रिवि उपकुलपति कार्यालय अगाडी विरोध प्रदर्शन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ