रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा
आइतबार, २५ चैत २०८०, १५ : ५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकमा विभिन्न ४ एजेण्डामा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिएकी छिन् ।
संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने सम्बन्धमा, पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गरेका कामका सम्बन्धमा र विविध विषयमा छलफल हुने सचेतक डाँगीले जनाएकी छिन् ।
प्रतिनिधिसभामा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको विषयमा कांग्रेसले निरन्तर दबाब बढाउँदै लगेको छ । अबको संसद् बैठकमा लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न कांग्रेसले अल्टिमेटम दिएको छ । प्रतिनिधि सभाको बैठक यही चैत २७ गते बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन : अध्यक्ष अग्रवाल
-
वायु प्रदूषणले हामीलाई दीर्घरोगी बनाउन सक्छ (भिडियोसहित)
-
‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
-
प्रधानमन्त्रीको चिन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल
-
फिल्मको व्यवसाय भूकम्प जस्तै होः दिनेश डिसी
-
समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ : अध्यक्ष दाहाल