मुख्यमन्त्री दाबी गरेका चुमान मन्त्रीमा सीमित
आइतबार, २५ चैत २०८०, १५ : २२

काठमाडौँ । यसअघि मुख्यमन्त्रीमा दाबी गर्दै आएका माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेशका नेता हरिबहादुर चुमान मन्त्रीमा चित्त बुझाउन बाध्य भएका छन् । चुमान नयाँ समीकरण अनुसार एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा मन्त्री बन्ने भएसँगै उनले त्यसमै चित्त बुझाउनु पर्ने भएको हो ।
आइतबार एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएलगत्तै माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको माओवादी केन्द्र गण्डकीका प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् । चुमान तनहुँबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू