यो हो विश्वको सबैभन्दा ठुलो क्यामरा

न्यूयोर्क । विश्वको सबैभन्दा ठुलो क्यामरा प्रयोगका लागि तयार भएको छ । विश्वको सबैभन्दा ठुलो लेन्स जडान गरिएको यो क्यामरा चिलीको भेरा सी रुबिन अब्सर्भेटरीमा राखिनेछ । यो क्यामराले १० वर्षसम्म एक हजार ओटा ३ हजार २०० मेगापिक्सलको फोटो खिच्नेछ । यो क्यामराको तौल ३ टन बराबरको छ ।
झट्ट हेर्दा यो सानो कार जस्तै देखिन्छ । क्यामरालाई स्ट्यान्फोर्ड विश्वविद्यालयको एलएसएसी नेशनल एक्सिलरेटर ल्याबमा बनाइरहेको छ । क्यामराको अगाडिको लेन्स ५ फिटभन्दा ठुलो छ । यसको फोकल प्लेन भने कष्टम डिजाइन गरेर तयार पारिएको २०१ ओटा सीसीसी सेन्सर छ । यसबाट खिचिने फोटो यति विस्तृत हुन्छ कि १५ माइल टाढाबाट पनि गल्फको बलको एचडी तस्वीर खिच्न सकिनेछ ।
यो क्यामरामा विगत २० वर्षदेखि काम भइरहेको थियो । निकै निकै परिष्कृत र आधुनिक छ । यसको सहायताले अहिलेसम्म मान्छेको आँखा नपुगेको ब्रम्हान्डको कुनामा समेत पुग्न सकिने बताइएको छ । यसले जापानले बनाएको विश्वको सबैभन्दा शक्तिशाली क्यामरा हाइपर सुप्रिम क्यामको रेकर्ड पनि तोडेको छ । यो क्यामरा ८५० मेगापिक्सको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना