लागु औषधसहित सात जना पक्राउ
आइतबार, २५ चैत २०८०, १४ : २८

काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित ७ जना पक्राउ परेका छन् ।
- बैतडीको दशरथचन्द नगरपालिका-८ झुलाघाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय विरेन्द्र रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- सुनसरीको इटहरी उपमहानगरपालिका-८ बसपार्कस्थित होटलबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ पकली बस्ने १९ वर्षीय सनवाज महमदलाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- झापाको झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने २१ वर्षीय समिर बस्नेत र २९ वर्षीय प्रकास बिस्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २१ वर्षीय युवराज वली क्षेत्री र ३० वर्षीय कृष्ण बहादुर वली रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बोर्डरबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका युवराजलाई २ सय ३० मिलिग्राम र कृष्णलाई ३० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ