हराएका ग्याजेट खोज्न सजिलो बनाउने एप ल्याउँदै गुगल
आइतबार, २५ चैत २०८०, १४ : २६

क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले छिटै नयाँ एप लन्च गर्दैछ । गुगलसँग यसअघि नै फाइन्ड माई फोन थियो । अब भने कम्पनीले फाइन्ड माई डिभाइस नेटवर्क लन्च गर्दैछ । यो पहिलाको भर्जनको तुलनामा राम्रो हुने र एप्पलको फाइन्ड माई डिभाइसले झैँ काम गर्ने बताइएको छ ।
गुगलले गएको वर्ष यसको घोषणा गरेको थियो । यसलाई छिटै लन्च गर्न लागिएको बताइएको छ । यसको मद्दतले युजरले आफ्नो ग्याजेट ट्र्याक गर्न सक्नेछन् । ९टू५ गुगलमा छापिएको समाचारका अनुसार कम्पनीले अप्रिल ७ मा फाइन्ड माई डिभाइस नेटवर्क लन्च गर्न सक्नेछ ।
यसको सहयोगले हेडफोन, साँचो, स्मार्ट डिभाइस र अन्य एक्सेसरिज खोज्न सकिनेछ । यो एप अफलाइनमा पनि काम गर्नेछ । नेट नभएको बेलामा पनि डिभाइस वा फोनलाई ट्र्याक गर्न सकिन्छ । यसमा फाष्ट पेयरिङको अप्सन पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ जना इन्स्पेक्टरको पदस्थापन र काज
-
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेसन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?