अभिभावकज्यूहरू ! बच्चाको विद्यालय शिक्षा बोझिलो होइन, सजिलो छानौँ
वैशाखबाट विद्यालय स्तरको नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय स्तरमा अध्ययन गरिरहेका सन्तति भएका अभिभावकलाई उनीहरूको उपल्लो कक्षाका लागि विद्यालय छनोट पनि यो समयको एउटा महत्त्वपूर्ण निर्णय हो ।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिले लगभग ७४ लाख ७२ हजार विद्यार्थी विद्यालय तहमा अध्ययनरत छन् । तीमध्ये झन्डै ७५ प्रतिशत सरकारी विद्यालयमा छन् भने बाँकी विभिन्न निजी विद्यालयमा पढ्छन् । सहरी क्षेत्रको हकमा ८० प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्छन् ।
केही अपवाद अथवा बाध्यताबाहेक सबै अभिभावकको इच्छा सन्ततिलाई निजी विद्यालयमा पढाउने नै हुन्छ । यही मनोभावको छिद्रलाई टेकेर सबै निजी विद्यालयले अभिभावक तथा विद्यार्थीको आकर्षण बन्न अनेक उपाय लगाउँछन् । विद्यार्थीलाई आफ्नो विद्यालयप्रति रुचि जगाउन भरमग्दुर प्रयास गर्छन् । विभिन्न खालका आकर्षक ब्यानर र भड्किला विज्ञापन पनि यत्रतत्र छरपस्ट छन् ।
ती भ्रामक विज्ञापन र अधिक सूचनाको बाढीका कारण आम अभिभावका केही गलत मनोविज्ञान हाबी भएको देखिन्छ । ठुलो भवन, उच्च शुल्क र धेरै विद्यार्थी भएका अनि नाम चलेका विद्यालय नै राम्रा हुन्छन् भन्ने भ्रमबाट आम अभिभावकले आफूलाई टाढा राख्नुपर्छ ।
अङ्ग्रेजी सिकाउने नाममा कतिपय विद्यालयले बच्चाको सोच्ने शक्ति र विश्लेषणात्मक क्षमता नै बन्धक हुने गरी शब्दमोहलाई प्राथमिकता दिइरहेको देखिन्छ; अङ्ग्रेजी बोल्ने मेसिन उत्पादन गर्ने विद्यालय बढिरहेका छन् ।
कक्षामा जति सानो समूह भयो त्यति नै बच्चाले सिकाइका लागि पाउने समय अधिक हुन्छ । यसो हुँदा उनीहरूको सिकाइ सहजीकरण अझ प्रभावकारी हुन सक्छ । विश्वविद्यालय शिक्षा भनेकै विशिष्टीकृत र सामूहिक हो ।
अनावश्यक अङ्ग्रेजी मोहको बोझ बोकाएर बच्चाको सिकाइको प्रारम्भिक आधार र स्वाभाविक क्षमता विध्वंश गर्ने विद्यालय बढ्दै छन् । कुनै एक स्तरमा पुगेपछि भाषा सिक्नु सही हो तर हाम्रो समाज, परिवेश, संस्कृतिलाई आफ्नै भाषामा राम्ररी बुझ्न सकिन्छ ।
एउटा भाषामा पोख्त भएकाहरू अलिकति अतिरिक्त मिहिनेत गर्दा सहजै अन्य भाषा सिक्न र त्यसबाट लाभ लिन सक्छन् । भाषा केवल माध्यम हो; व्यक्तिको क्षमता भने उसको सोच, भावना र निर्णयमा निर्भर हुन्छ । अङ्ग्रेजी सिकाउने नाममा कतिपय विद्यालयले बच्चाको सोच्ने शक्ति र विश्लेषणात्मक क्षमता नै बन्धक हुने गरी शब्दमोहलाई प्राथमिकता दिइरहेको देखिन्छ ।
अङ्ग्रेजी बोल्ने मेसिन उत्पादन गर्ने विद्यालय बढिरहेका छन् । अपनत्व, आत्मीयता, नेपालीपन, सामाजिकता तथा स्वतःस्फूर्त विचार उत्पादनलाई तिलाञ्जली दिने विद्यालय विद्यार्थीमैत्री हुँदैनन् । अधिकांश विद्यार्थी विचार नभएर भन्दा पनि भाषा नजानेर छलफलमा आउँदैनन् । घरमा पाहुना आउँदा बोल्दैनन्, घुलमिल गर्दैनन्, सामाजिक हुँदैनन् भनेर गुनासो गर्ने तर विद्यालयमा अङ्ग्रेजीको मात्र बोझ बोकाउने ! यसो भएपछि बच्चालाई सामाजिकभन्दा एक्लोपन प्यारो लाग्न थाल्छ । पहिले सहज हुने भाषामा सिक्न लगाउने अनि अरू भाषामा पनि व्यक्त गर्न सहजीकरण गर्नुचाहिँ शिक्षाको आधुनिक सिद्धान्त हो । भाषाको सवालमा समानान्तर सिकाइलाई जोड दिने विद्यालयलाई प्राथमिकतामा राखौँ ।
अपनत्व, आत्मीयता, नेपालीपन, सामाजिकता तथा स्वतःस्फूर्त विचार उत्पादनलाई तिलाञ्जली दिने विद्यालय विद्यार्थीमैत्री हुँदैनन् ।
अधिकांश निजी विद्यालयले विद्यार्थीलाई अनावश्यक किताब र अव्यवहारिक व्यस्तताको बोझ बोकाएका छन्; जसले गर्दा बालसुलभ मनोविज्ञान, मानिसको सिक्न सक्ने क्षमताको प्राकृतिक नियममाथि उपहास भइरहेको छ ।
अधिकांश विद्यालयको सिकाइ गतिविधि यस्तो छ, त्यो बोझलाई विद्यार्थीको उमेर र शारीरिक क्षमताले धान्नै सक्दैन । अर्कोतिर उसले त्यो सिकाइको महत्त्व अनि भविष्यमा त्यसबाट पाउने उपलब्धिको आभास गर्न सकिरहेको हुँदैन । गृहकार्य पूरा गर्ने नाममा विद्यार्थी स्वास्थ्यका लागि आवश्यक समय सुत्न पाउँदैनन्, यसले सिकाइ र पढाइप्रति नै उनीहरूमा नकारात्मक धारणा जन्माउँछ ।
घरमा अभिभावकसँग बसेर छलफल गर्ने, सिकेका कुरा सेयर गर्ने, रिफ्रेस हुने, घरायसी काममा अभिभावकलाई सघाउने, विश्लेषणात्मक तर्क गर्ने कुरामा अभिप्रेरित गर्ने विद्यालयले मात्र विद्यार्थीको खास विकासमा योगदान गर्छन् । खेल्न, उफ्रिन, सहपाठी तथा साथीसङ्गीसँग भलाकुसारी गर्न र समाजमा घुलमिल हुन पाउने समयले बालबच्चाको मानसिक स्वास्थ्यमा सकारात्मक र दीर्घकालीन परिपक्वता प्रदान गर्छ । यसलाई ध्यान दिने विद्यालय नै अभिभावकको रोजाइमा पर्नुपर्छ ।
विलासीभन्दा व्यावहारिक विद्यालयका शिक्षा बढी प्रभावकारी हुने तथ्याङ्क विभिन्न अनुसन्धानबाट स्थापित भएका छन् । प्राप्ताङ्कभन्दा आचरणगत परिपक्वता अभिभावकको रोजाइ हुनुपर्छ ।
‘मल्टिटास्किङ’का नाममा बोझ बोकाउने विद्यालयप्रति अभिभावको आकर्षण हट्नुपर्छ । एउटा बच्चाले दैनिक विद्यालयमा सरदर आठ घण्टा बिताएपछि फेरि उसलाई सङ्गीत, नृत्य, कराँते, पौडी, घोडाचढीदेखि धनुषबाण लगायत अनेकन् खालका सीपमा एकैचोटि संलग्न गराइएको देखिन्छ । बच्चाको क्षमता, रुचि र आवश्यकता पहिचान नै नभई केवल देखासिखीका लागि उनीहरूलाई हरेक क्षेत्रमा सहभागी गराउनु अभिभावकको असावधानी हो ।
एउटा बच्चाले दैनिक विद्यालयमा सरदर आठ घण्टा बिताएपछि फेरि उसलाई सङ्गीत, नृत्य, कराते, पौडी, घोडाचढीदेखि धनुषबाण लगायत अनेकन् खालका सीपमा एकैचोटि संलग्न गराइएको देखिन्छ । बच्चाको क्षमता, रुचि र आवश्यकता पहिचान नै नभई केवल देखासिखीका लागि उनीहरूलाई हरेक क्षेत्रमा सहभागी गराउनु अभिभावकको असावधानी हो ।
कतिपय विद्यार्थीले सहर–बजारका महँगो विद्यालय जान वा आउनै लामो समय बसमा यात्रा गर्नुपर्ने हुन्छ । यसरी थकित भएपछि सिकाइमा अरुचि हुने मात्र होइन, स्वाभाविक अन्य तालिका समेत बिग्रन्छ । यस्तै क्षमता अभिवृद्घिका नाममा होस्टल राखेर बच्चाहरूको अविरल पारिवारिक सामीप्य र काख पाउने अधिकार हनन गर्नु हुँदैन । यो सामान्य गल्ती मात्र होइन, एक प्रकारको अपराध नै हो । अभिभावकले विद्यार्थीलाई होस्टलमा पठाउने अभिप्राय राख्नेबित्तिकै बच्चाको मनोविज्ञानमा नकारात्मक असर पर्छ ।
पहिलेका विद्यार्थी आधार कक्षाहरूमा कमजोर अथवा सामान्य भए पनि बिस्तारै अनुभव र स्वःसिकाइले खारिँदै जान्थे । माथिल्ला तहमा मिहिनेत गर्दाको सुखद परिणामको आकलन गर्न सक्थे र शिक्षाप्रति रुचि जगाउँदै मिहिनेत गर्थे, सफल हुन्थे ।
अहिलेका अधिकांश बच्चालाई विद्यालय स्तरमै यति बोझ बोकाइएको छ कि विश्वविद्यालय स्तरमा पुग्दा उसलाई पढ्ने–लेख्ने कुरामा वितृष्णा र विरक्तिभाव उत्पन्न भइसकेको हुन्छ । जबकि विश्वविद्यालय तहको शिक्षाले नै उसको पेसागत जीवन निर्धारण गर्ने हो ।
साना कक्षाका शिक्षाले पेसागत जीवन निर्धारण नगरी सामान्य सिकाइलाई सहजीकरण गर्नुपर्थ्यो । त्यसो नभई त्यहाँ भोगेको व्यस्तता र आभास भएको बोझले गर्दा उनीहरूलाई माथिल्लो तहको अध्ययनमा खासै आकर्षण रहँदैन । त्यही भएर अहिलेका अधिकांश विद्यार्थी विद्यालय स्तरमा एकदमै राम्रा देखिए पनि उच्च शिक्षामा गएर कमजोर बन्दै जाने र पेसागत चरणमा सामान्यतर्फ झर्ने तथ्याङ्क बढ्दो छ ।
सर्वोत्कृष्ट विद्यालय शिक्षा दिने भनी मानिएका देशमा विद्यालय शिक्षालाई सजिलो र स्वाभाविक सिकाइ बनाउन जोड दिइएको हुन्छ । त्यहाँ विद्यालयको मनोभाव परिवर्तन गराउन अभिभावकले स्वतःस्फूर्त रूपमा सहजीकरण गर्नुपर्छ ।
आधुनिक र गुणस्तरीय शिक्षाको बोझले जीवनको गुणस्तर तथा स्वाभाभिवकतालाई चुनौती दिइरहेको छ । यसमा अभिभावकले गम्भीर पुनर्विचार गर्नुपर्छ, विद्यालयहरूलाई नयाँ बाटो कोर्न दबाब दिनुपर्छ ।
सामान्य पूर्वाधार तथा आवश्यक शैक्षिक जनशक्ति भएको विद्यालय छ भने अन्य सबै भुलभुलैया त्यागेर बच्चालाई नजिकैको त्यही विद्यालयमा राखौँ । कठिन परिश्रमचाहिँ विद्यालय शिक्षा पार गरेपछि गर्नुपर्छ भन्ने सिकाऊँ । साना कक्षामा स्वाभाविक तथा सिकाइको प्राकृतिक नियम अनुसार सिक्न दिऊँ । आदरणीय अभिभावकज्यूहरू ! बच्चाहरूको विद्यालय शिक्षा बोझिलो हैन, सजिलो छानौँ । घोक्न होइन, सिक्न दिऊँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिनल्यान्ड, स्विडेन र नर्वेले जारी गरे युद्ध अलर्ट, रुसी हमलाबाट बच्नका लागि नागरिकलाई अनुरोध
-
पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘१० औँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडी र कर्णाली प्रदेशप्रति अन्याय हो’
-
मेडिसिटीमा बिरामीको मृत्यु : आफन्त भन्छन्– अस्पतालको लापरबाही
-
बागमती सरकारद्वारा एक सचिवको पदस्थापन, २ जनाको सरुवा
-
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट
-
नेपाली यू–१९ टोलीले जित्यो कर्नाटकविरुद्धको एकदिवसीय शृंखला