एक्सको सफाइ अभियान सुरु गर्दै छन् मस्क

क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कका निर्णयहरू प्रायः हैरान पार्ने खालका हुन्छन् । हरेक पटक एक्समा उनले कम्पनीबारे कुनै घोषणा गर्दा केही न केही हलचल मच्चिन्छ । मस्कले हालै मात्रै एक्समा सफाइ अभियान चलाउने बताएका छन् । यो अभियानका कारण तपाईँको एक्स एकाउन्टमा फलोअर एक्कासि घट्न सक्नेछ ।
एक्सको आधिकारिक ह्यान्डलमा गरिएको पोस्टका अनुसार कम्पनीले नक्कली एकाउन्टहरू धमाधम डिलिट गर्दै छ । साइटलाई स्पाम प्रि बनाउने अभियान अन्तर्गत कम्पनीले यो अभियान चलाउन लागेको हो । ट्विटर किन्नु अघि देखि नै मस्कलाई यसमा भएको नक्कली र बोट एकाउन्टसँग समस्या थियो ।
कम्पनी किन्ने बेलामा यही विषयलाई लिएर उनले निकै बबाल गरेका थिए । ट्विटर मस्कको हातमा आएयता उनले बेला बेलामा यसबाट फेक अकाउन्ट हटाइरहेका थिए । अब भने यसलाई उनले अभियानकै रूपमा चलाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ