मासु चोरी रोक्न जीपीएस लोकेटर प्रयोग गर्दै सुपरमार्केट
![मासु चोरी रोक्न जीपीएस लोकेटर प्रयोग गर्दै सुपरमार्केट](https://npcdn.ratopati.com/media/news/gps-steak_s0IsSHqeq4.jpg)
सिड्नी । दक्षिण अस्ट्रेलियाको एउटा सुपरमार्केट चेनले महँगा खालका मासुको चोरीचकारी रोक्न जीपीएस लोकेटर राख्न सुरु गरेको छ । पसलमा आउने ग्राहकहरूले पैसा नतिरी खुसुक्क मासु उठाएर लाने क्रम बढेपछि ड्रेकले १३ हप्ताको लागि यो परीक्षण थालेको हो । यो परीक्षण अहिले तेस्रो हप्तामा छ । परीक्षण सफल भयो भने सुपरमार्केटले देशभर यसलाई विस्तार गर्ने बताइएको छ ।
ड्रेकले धेरै मूल्य पर्ने मासुका प्रडक्टलाई जीपीएस लोकेटरयुक्त बट्टामा राख्न थालेको छ । पोलपोलीकार्बोनेट केस प्रायः महँगा खालका सामानका लागि मात्रै प्रयोग गर्ने गरिएको छ । तर मासुका लागि यी केस प्रयोग गर्ने ड्रेक अस्ट्रेलियाको पहिलो सुपरमार्केट चेन हो । वाग्यु लगायत मिट प्रडक्टलाई लक्जरी प्रडक्टको रूपमा लिइन्छ ।
एक थान पोलपोलीकार्बोनेट केसकै ३५ डलर पर्छ । किलोकै ५० देखि सय डलर पर्ने मासुका लागि ड्रेकले यी केस प्रयोग गरिरहेको छ । दक्षिण अस्ट्रेलिया र क्विन्सल्यान्डमा रहेको ६७ ओटा आउटलेटबाट बर्सेनि १ करोड २० लाख मूल्य बराबरको मासु चोरी हुने गरेको ड्रेकको दाबी छ । जीपीएस लोकेटरको प्रयोगले यो क्षति कम हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह