मुगुका सामुदायिक विद्यालयमा शैक्षिक सत्रको प्रारम्भमै पुस्तक
मुगु । हरेक वर्ष आधा शैक्षिक सत्र सकिएपछि मात्र पाठ्यपुस्तक देख्न पाउने मुगुका विद्यार्थीले यो वर्ष भने शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुनु एक हप्ता बाँकी छँदै मुगु जिल्लामा पाठ्यपुस्तक पुगेपछि मुगाली विद्यार्थीहरूले नयाँ कक्षामा प्रवेश गर्दै हात हातमा पुस्तक पाउने छन् । विगतका वर्षहरूमा विद्यार्थीहरूले वार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउँदा अधुरो पढाई मै परीक्षा दिन बाध्य थिए ।
जिल्लाका चारवटा स्थानीय तहहरु मध्ये शुक्रबारसम्म छायानाथ रारा नगरपालिका,सोरुगाउँपालिका र खत्याड गाउँपालिकाहरूमा रहेका सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक बिक्रेताहरूले पालिका केन्द्रहरूमा पुर्याइ सकेका छन् । छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयहरूका लागि पहिलो चरणमा ४ हजार ५ सय सेट पुस्तक जिल्लामा पुगिसकेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपाइटर लक्ष्मी भामले जानकारी दिए ।
जनक शिक्षामा पुस्तक पर्याप्त नछापिँदा विद्यार्थीलाई समयमै सबै विषयका पुस्तक दिन नसकिएको भन्दै यो वर्ष उक्त समस्याबाट छुटकारा पाएकोले समयमै पुस्तक विद्यार्थीलाई उपलब्ध गराउने बताउँछन् छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम ।
उनले भने, ‘विगत वर्षहरूमा जनक शिक्षामा पनि पुस्तक अभाव थियो । जिल्लामा पुस्तक नै नआउँदा विद्यार्थीले सबै विषयको पुस्तक पाउँदा वार्षिक परीक्षा नै आइसकेको हुन्थ्यो ।यसपालि समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौ र जनक शिक्षाले पनि पर्याप्त पुस्तक समय मै छपाएको पाइयो । अब विद्यार्थीले भर्नासँगै पुस्तक हात हातमा पाउँछन् ।’
उता जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका विद्यालयमा पनि समयमै पुस्तक पुग्ने भएको छ । शुक्रबार सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार बिहानै सदरमुकामबाट सोरु गाउँपालिका पुर्याइएको छ ।
पालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल भन्छन्, ‘यहाँ रहेका ३८ वटा सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक उपलब्ध गराउने जिम्मा शाही जनरल अडर एण्ड सप्लायर्सलाई दिइएको थियो । पालिकाभित्रका ४ हजार ७ सय ७१ जना विद्यार्थीका लागि सबै विषयका पुस्तक पालिकामा आइपुगेको छ । २७ गतेबाट विद्यार्थीलाई पुस्तक दिन्छौँ ।’
मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका एक हजार २ सय विद्यार्थीका लागि आवश्यक पुस्तक उपलब्ध गराउने जिम्मा लिएको युके स्टेशनरीले पनि समयमै पुस्तक पुर्याउने जनाएको छ ।
शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझिसकेको र बुधबारसम्म पालिका केन्द्रमा पुस्तक पुगिसक्ने मुगु कार्मारोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिए ।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि आवश्यक पुस्तक आइतबार नै पालिमामा पुर्याई वितरण कार्य सुरु भैसकेको छ ।
शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ । १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ । मुगु जिल्लामा १३९ वटा सामुदायिक विद्यालयहरू सञ्चालनरत छन् ।
‘केन्द्र सरकारले लिएको पहलका कारण यो वर्ष चैतभित्रै दुर्गम जिल्ला मुगुमा पुस्तक आइपुगेको छ । दुर्गमका विद्यार्थीले सबै पाठ्य वस्तु पढेविना नै वार्षिक परीक्षा दिनुपर्ने बाध्यताको मुगुमा यो वर्ष अन्त्य भएको छ । शिक्षक,विद्यार्थी
र अभिभावक खुसी छन्,’ शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त प्रमुख खड्कराज भियाल ।
सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीलाई अनिवार्य विषयका पुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’
-
खाल्डोमा डुबेर बालकको मृत्यु