जोन टिनिसवूड बने विश्वकै पाका पुरुष

लन्डन । जोन टिनिसवूड विश्वकै वृद्ध पुरुष बनेका छन् । गएको हप्ता भेनेजुएलाका ११४ वर्षका जोन विसेन्ट पेरेजको मृत्यु भएको थियो । पेरेजको मृत्युपछि टिनिसवूडले यो उपाधि पाएका हुन् । उनको जन्म बेलायतको मर्सीसाइडमा सन् १९१२ मा भएको थियो । पेशले जोन सेवा निवृत्त एकाउन्टेन्ट हुन् । उनले हुलाक सेवामा पनि काम गरिसकेका थिए ।
उनी १११ वर्ष २२२ दिनका भए । हाल उनी मर्सीसाइडकै एक केयर होममा बसिरहेका छन् । हरेक चिजमा संयम राख्नुलाई उनले आफ्नो लामो आयुको रहस्य बताएका छन् । दिनभरि एकै ठाउँमा बसिरहनुलाई उनी ठीक भन्दैनन् । आफ्नो सोचलाई जति सक्यो त्यति बढाउन अनि एकै ठाउँमा अड्की नरहन उनले भनेका छन् । आफूलाई तन्दुरुस्त राख्न कोसिस गर्न र आफ्नो खानपिनमा ध्यान दिन पनि उनले भनेका छन् ।
यस अघि विश्वका सबैभन्दा पाका पुरुष पेरेजको मृत्यु ११४ वर्षको उमेरमा अप्रिल २ मा भएको थियो । सन् २०२२ मा गिनिज बूक अफ वर्ल्ड रेकर्डले उनलाई विश्वको बुज्रुग पुरुष घोषित गरेको थियो । त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । उनी पेसाले किसान थिए । उनी कडा मेहनत गर्थे, समयमै आराम गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग