प्रदेश सरकार
गण्डकीमा खगराज अधिकारीले मुख्यमन्त्री दाबी गर्दै, ३१ सांसदको समर्थन पेस गर्ने तयारी
आइतबार, २५ चैत २०८०, १० : ५८

पोखरा । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गर्ने भएको छ । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागिएको हो ।
यसमा सभामुखको समेत सङ्ख्या गनिएको छ । कोशीमा सभामुख सहित सङ्ख्या गनेर दाबी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ ।
एमालेका २२, माओवादीका सभामुख सहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ । दलको सिट सङ्ख्याका आधारमा बहुमत पुर्याएर दाबी गर्न लागिएको अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा
-
नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य
-
राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य : अध्यक्ष नेपाल
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो