२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
आइतबार, २५ चैत २०८०, १० : ४८

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । चैत २७ गते मंगलबार जारी गर्नेगरी कार्यालयले २८ दिने, ८१ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल रकम मध्ये समान ८÷८ अर्ब रुपैयाँ २८ दिने र ९१ दिनेका लागि बिक्री गरिनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ बिक्री गरिनेछ ।
यद्यपि, सबै ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । प्राप्त निवेदनहरूका आधारमा ट्रेजरीको बोलकबोल आजै हुने कार्यालयले जनाएको छ ।
यसअघि कार्यालयले चैत १९ गते १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि