भिटामिन 'डी'को अत्यधिक सेवन खतरनाक छ ?

लन्डन । अत्यधिक भिटामिन 'डी'को सेवन गर्दा बेलायतमा एक जना पुरुषको मृत्यु भएको छ । गएको वर्ष त्यहाँ ८९ वर्षीय व्यापारी डेभिड मिशनरको मृत्यु भएको थियो । अत्यधिक मात्रामा भिटामिन 'डी'को सेवनका कारण उनलाई हाइपरकलसिमिया भएको थियो । शरीरमा भिटामिन डीको मात्रा उच्च स्तरमा पुगेपछि सन् २०२३ को मे १० मा मिशनलाई इष्ट सर्रे हस्पिटलमा भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार उनको शरीरमा भिटामिन 'डी'को मात्रा नाप्न सकिनेमध्ये सबैभन्दा धेरै थियो । उनको मृत्युमा भिटामिन 'डी'को विषाक्ततालाई मुख्य कारकको रूपमा उल्लेख गरिएको छ । यसबाहेक उनलाई मुटुको रोग, क्रनिक किड्नी फेलियर हाइपरकलसिमिया मृत्युको अन्य कारणहरू थिए । मृत्यु अघि गरिएको परीक्षणमा मिशनरको शरीरमा भिटामिन डीको स्तर ३८० एनजी÷एमएल थियो । यो भनेको प्रयोगशालामा रेकर्ड गर्न सकिने सबैभन्दा उच्च स्तर हो । हड्डीको स्वास्थ्य ठिक रहन हाम्रो शरीरमा २० एनजी-एमएल भिटामिन 'डी' भए पर्याप्त हुने इन्ष्टिच्यूट अफ मेडिशिन (आईओएम)ले अनुमान गरेको थियो ।
मिशनरको मृत्युले पूरक भिटामिन 'डी' धेरै खाँदा स्वास्थ्यमा उत्पन्न गराउन सक्ने गम्भीर जोखिम र साइड इफेक्टहरुबारे चिन्ता बढाएको छ । हाइपरकलसिमिया दुर्लभ तर गम्भीर स्वास्थ्य समस्या हो । यसले हाडलाई कमजोर बनाउँछ अनि मिर्गौला र मुटुमा क्षति गराउँछ । भिटामिन 'डी' क्याप्सुलको अत्यधिक सेवनका कारण यो रोग निम्तिन्छ । कोभिडयता प्रतिरक्षा प्रणाली बढाउन विश्वभर भिटामिन डीको खपत बढ्दा चाहिने भन्दा बढी भिटामिन डी खाइने स्थिति बढेको छ । तर अमृत पनि धेरै खायो भने विष बन्छ भन्ने हेक्का राख्न भने जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई ‘भिलेन’ भन्दै खनिए प्रचण्ड
-
यी हुन् शताब्दीकै शक्तिशाली १० भूकम्प
-
बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो
-
वरिष्ठ पत्रकार कोइरालाको आज अन्त्येष्टि गरिने
-
धर्मले विभेद र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति
-
विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन